मेगा बैंकको खुदा नाफा १ अर्व ९७ करोड

१४ बैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ९७ करोड २७ लाख ५५ हजार खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९५ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म बैंकले रू. १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा गरेको थियो ।

यस वर्ष सञ्चालन नाफा ३३ दशमलव ३४ प्रतिशत बढी रू. २ अर्ब ७७ करोड २ लाख ३ हजार गरेको बैंकको वितरण योग्य नाफा रू. १ अर्ब २९ करोड ७७ लाख ३० हजार छ ।

१० प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्तापूँजी रू. १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार पुगेको छ । विभिन्न कोष समेत गरी बैंकको जगेडा कोष रकम ७ दशमलव ८४ प्रतिशत बढेर रू. ५ अर्ब २५ करोड ४७ लाख ८८ हजार कायम भएको छ ।

यस वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी रू. १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९० हजार निक्षेप संकलन गरेको बैंकले २० प्रतिशत बढी रू. १ खर्ब ३३ अर्ब ३५ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ३२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३१ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १८ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ४१ छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment