सुनको मूल्य १ सय रुपैयाँले घट्यो

१४ बैशाख, काठमाडौं । नेपाली बजारमा कोरोनाको त्रास संगै सुनचाँदीको मूल्यमा पनि घटवड कायम रहेको छ । हिजो सोमबार स्थिर रहेको सुन आज १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ रहेको छ । सोमबार ९१ हजार ३ सयमा कारोबार भएको थियो । आइतबार समेत यही मूल्यमा कारोबार भएको हुँदा स्थिरता देखिएको हो ।

सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भइरहेको छ । त्यस्तै चाँदी मूल्य अघिल्लो दिनको तुलनामा तोलाको ५ रुपैयाँले बढेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment