गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित

१४ बैशाख,कास्की । गण्डकी प्रदेशसभाको बैठक सत्ता पक्ष नेकपा एमालेकै सांसदले अवरोध गरेका छन्।

एमाले सांसदहरुको अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ। अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको तथा सरकारले १५ जना भन्दा धेरै भेला हुन नपाउने बताएका बेला सावधानी बिना प्रदेशसभाको बैठक राखिएको भन्दै एमाले सांसदहरुले अवरोध गरेका हुन्।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि सुरु भएको हो। पीसीआर परीक्षण बिना संसद राखिएको भन्दै एमाले सांसदले विरोध गरेका हुन्।

बैठकको सुरुमा बोल्दै एमाले सांसद राजीव पहारीले पीसीआर परीक्षण गरेपछि मात्रै बैठक बस्नु पर्ने बताए। एमाले सांसदले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि सदन स्थगित गरेका हुन्। मुख्यमन्त्रीविरुद्ध दर्ता भएकाे अविश्वास प्रस्तावमा भाेलि मतदान हुने तय छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment