विपद् व्यवस्थापन आधारभूत तालिम समापन


१३ बैशाख, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित २०औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।


तालिम समापनका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विपद् जस्तो विषम परिस्थितिमा पीडितको उद्दार गर्न तालिममा हासिल गरेको ज्ञान सिपलाई उच्चतम प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।


जम्मा ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुले तालिम सम्पन्न गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment