तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस

१३ बैशाख, काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन अन्य साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउन गर्न सिफारिस गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको सीसीएमसीको बैठकले महामारीको पछिल्लो अवस्थाको समीक्षा गरेको थियो । बैठकमा अधिकांश सदस्यले कोरोना संक्रमणको दोस्रो लहर तिव्र विस्तार भएकाले विस्तार भएकाले तत्काल रोकथाम तथा नियन्त्रण गर्नका लागि कडाईका साथ लकडाउन आदेश जारी गर्नु पर्नेै सुझाव दिएक थिए ।

त्यसपछि बैठकले सर्वसम्मत रूपमा लकडाउन त्यो नभए निषेधाज्ञामा जानुपर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment