सिमकोट गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द

१३ बैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालयमा एक हप्ताका लागि पठनपाठन ठप्प गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सावधानीका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीहरुमा स्वासप्रश्वास सम्बन्धी बिरामी बढ्न थालेपछि सावधानी स्वरुप वडा अध्यक्ष तथा प्रधानाध्यापकहरुसँगको आकश्मिक छलफलपछि सोमबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको हो ।

अहिले विद्यार्थीहरुमा मौसमी फ्लूको समस्या देखिएको र कोरोना भाइरसको जोखिम हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको हो ।

सिमकोट गाउँपालिकामा सातवटा मावि, १६ वटा आधारभुत विद्यालय र पाँचवटा निजी विद्यालय गरि कुल २८ वटा विद्यालय रहेका छन् ।

२३ वटा सामुदायीक र पाँचवटा निजी विद्यालय रहेका छन् । जिल्ला अन्य ६ वटा गाउँपालिकाले भने हालसम्म कुनै निर्णय लिन सकेको छैनन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment