प्याब्सन भन्छ– सबै परीक्षा स्थगित, त्रिविमा भने आजको परीक्षा यथावत

१३ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताए । यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने बताए ।

एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत राखेको र केहीले स्थगित गरेको पाइएको परीक्षा समिति अध्यक्ष प्रबोद रिजालले बताए ।

सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र भोलिदेखिको परीक्षा गर्ने-नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने उनले बताए ।

कोरोना संक्रमणको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालयले आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन हुने जनाएको छ । भोलिका लागि तोकिएको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment