देवघाट-ठिमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूलीमा खस्दा १को मृत्यु, २ बेपत्ता, ७ घाइते (अपडेट)

१२ बैशाख, चितवन । भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट जोड्ने पुलको काम गरिरहेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एकको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।

घटनामा थप ७ जना गम्भीर घाइते भएका छन्, भने दुई जना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार (आज) बिहान ९ बजेतिर पुलमा काम गरिरहेका फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएका र फलामले च्यापिएका तीन जनाको सकुसल उद्दार गरिएको र उद्दार गरिएकालाई भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

बेपत्ताको खोजी थालिएको एसपी अधिकारीले बताए । यता, डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीले फलामको काम गरिरहेका जलप नेपालका मजदुर नदीमा खसेको जानकारी दिए ।

पुल निर्माणमा खटिएको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुरले काम गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

त्यसोत, निर्माणाधीन उक्त पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment