उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिने सेवाहरु भोलिदेखि बन्द

१२ बैशाख, काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिने सेवाहरु भोलिदेखि बन्द हुने भएका छन् ।

आइतबार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार अत्यावश्यक बाहेक जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै काम भोलिदेखि अर्को आदेश नआएसम्मका लागि बन्द गर्ने निर्णय भएको हो ।


यस्तै, यी तीन जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरुलाई समेत आलोपालोमा आफ्नो दैनिक कार्यबाही संचालन गर्न निर्देशन दिने निर्णय भएको छ । यसको अर्थ अन्य कार्यालयको सेवा समेत आंशिक मात्र हुनेछ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment