कोरोनाका कारण श्रवण राठौरको निधन, नदीम भन्छन्- अन्तिम बिदाइमा जान नसकेकोप्रति दुःखित छु

११ बैशाख, मुम्बई । बलिवुड सांगीतिक क्षेत्रको लोकप्रिय जोनिदिम र श्रवणको जोडी टुटेको छ । कोरोनाका कारण श्रवण राठौरको बिहीबार निधन भएपछि उनीहरूको जोडी टुटेको हो ।

कोभिडका कारण जटिलका देखिएपछि उनलाई मुम्बईस्थित माहिम अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । तर चिकित्सकहरूको अथक प्रयासमा श्रवण बच्न सकेनन् । उनको अन्तिम संस्कारमा समेत उनको परिवार सामिल हुन पाएन । श्रवणको जेठो छोरा र श्रीमतीलाई पनि कोरोना संक्रमण भएकाले उनीहरूले समेत अन्तिमपटक हेर्न पनि पाएनन् ।

साङ्गीतिक क्षेत्रका आफ्नो पार्टनरको साथ सधैँका लागि छुटेकोमा नदीमले दुख व्यक्त गरेका छन् । “मेरो सानु रहेन । हामीले सँगै पुरै संसार देख्यौँ । हामीले आफ्नो सफलता र असफलता साथमा देख्यौँ । अहिले म एकदमै असहाय महसुस गरिरहेको छु । किनभने म श्रवणको परिवारलाई सहयोग गर्न र उसलाई अन्तिम पटक बिदाइ दिन पनि जान सकिन ।” नवभारत टाइम्सबाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment