नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपानेको ७१ वर्षको उमेरमा निधन

१० बैशाख, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपानेको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु तामाकोशी गाउँपालिका वडा नं. ३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर हुन गएको हो ।

कांग्रसले शोक विज्ञप्ति मार्फत निजको मृत्यु भएकोमा दु:ख व्यक्त्त गरेको छ । उक्त शोक विज्ञप्तिमा स्वर्गीय न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र हाम्रो पार्टी नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुग्न गएको उल्लेख गरेको छ । । स्व. न्यौपानेका श्रीमति, २ छोरा र ५ छोरी हुनुहुन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनको खबरले मलाई दुःखीत बनाएको छ ।

स्वर्गीय न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment