रिलायन्स फाइनान्सको नाफा ३७ प्रतिशतले बृद्धि

१० बैशाख, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि सोही अनुपातमा बृद्धि भएको छ ।

गत वर्ष ९ करोड ३ लाख ४४ हजार रहेको सञ्चालन मुनाफा यस वर्षको सोही अवधिमा १२ करोड ४० लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment