करेन्ट लागेर एरोनेटका इन्टरनेट सवाप्रदायका कर्मचारीको मृत्यु

०९ बैशाख, काठमाडौं । इन्टरनेट सेवाप्रदायक एरोनेटका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार भक्तपुर सल्लाघारीमा एरोनेटका कर्मचारी सञ्जीव भारतीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यो घटनापछि कम्पनी र मृतक भारतीका आफन्तबीच तनाव सिर्जना भएको छ । मृतकको परिवारका लागि २० लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै केही युवाले कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । हिजो र आज गरी पटक पटक कम्पनी र आफन्तबीच वार्ता भइरहे पनि कुनै टुंगो लाग्न सकेको छैन ।

यसैबीच वार्ता चलिरहँदा केही समूहले बिहीबार एराेनेटकाे इन्टरनेटकाे तार काट्दा ८ जिल्लामा कम्पनीकाे सेवा डाउन भएकाे कम्पनीका प्रबन्ध निर्देशक नवीन श्रेष्ठले बताए । उनका अनुसार हिजो पनि ९ जिल्लामा अवरुद्ध भएको इन्टरनेट सेवा राति सुचारु गरिएको थियो ।

‘कानूनबमोजिम क्षतिपूर्ति दिने कुराको प्रक्रिया अगाडि बढाउँदा बढाउँदै कर्मचारीका आफन्तहरुले कानून विपरितका माग राखी, हुलहुज्जत गरी कम्पनीकाे भक्तपुर कार्यालयमा तालाबन्दी गर्ने, तार काट्ने लगायतकाे गतिविधि गरिरहेका छन् ,’ उनले भने ।

उनले सेवाग्राहीलाई इन्टरनेटजस्तो अत्यावश्यक सेवाबाट वञ्चित गराइएको र कम्पनीका कर्मचारीलाई ज्यान मार्ने धम्कीसमेत आएको भन्दै गृहप्रशासनसँग सहयोगको अपिल गरे ।

साथै उनले भक्तुपरमा इन्टरनेटको तार काटिरहँदा प्रहरी मुकदर्शक बनेकाे गुनासो व्यक्त गरेका छन् ।

यसैबीच एरोनेटका कर्मचारीलाई ज्यान मार्ने धम्की आएको भन्दै इन्टरनेट सेवाप्रदयाक संघ नेपालले गैरकानूनी क्रियाकलाप गर्ने व्यक्तिविरूद्ध कडा कारबाहीको माग राखेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment