गुनासो सुन्न राष्ट्र बैंकले खोल्यो अनलाइन पोर्टल

०९ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो ।

वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि दर्ता भएको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुनेछ ।

त्यस्तै गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत नै जानकारी गराइने राष्ट्र बैंकले जनाएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment