हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयूको तयारी

०९ बैशाख, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयूको तयारी गरिएको छ । स्रोतका अनुसार तयारीअनुसार काम हुँदै गए आगामी मंगलबारसम्ममा मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

हिमालयन बैंकको भोलि (शुक्रबार) सञ्चालक समितिको बैठक बस्दै छ । उक्त बैठकमा मर्जरसम्बन्धी प्रस्ताव पेस हुनेछ । समितिले उक्त प्रस्ताव पारित गरे आइतबार इन्भेष्टमेन्ट बैंकको बोर्ड बैठक बसेर उसले पनि मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

स्रोतका अनुसार एमओयू मस्यौदा करिब पूरा भइसकेको छ । “भोलि हिमालयन बैंकको बोर्डमा प्रस्ताव जान्छ । हिमालयन बैंकको बोर्डले प्रस्ताव पारित गरे आइतबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोर्ड बैठक बस्नेछ । इन्भेष्टमेन्ट बैंकको बैठकले पनि आइतबार प्रस्ताव पारित गरे मंगलबारसम्म मर्जरको सम्झौता (एमओयू) हुनसक्छ,” स्रोतले बाह्रखरीसँग भन्यो ।

डीडीए रिपोर्टले दुई बैंकबीचको मर्जरको लागि सेयर आदान–प्रदान अनुपात १ः१ मा नै हुनसक्ने देखिको छ । डीडीएमा हिमालयन बैकको २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैकको २८१ अंक रहेको स्रोतले बाह्रखरीलाई बतायो । हिमालयन बैंक सामान्यमाथि देखिए पनि स्वाप रेसियो १ः१ मा जान दुवै बैंक तयार देखिएका छन् ।

स्रोतका अनुसार मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत अशोक राणा बन्नेछन् । पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् भने राणा हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbankingnepalNews
Comments (0)
Add Comment