अज्ञात स्रोतद्वारा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक

०९ बैशाख, काठमाडौं । मिडिया अलायन्स नेपालको सदस्य सञ्चार ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको छ । विहीबार मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रेस विज्ञप्ती जारी गर्दै अज्ञात स्रोतद्वारा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको जानकारी गराएका हुन् ।

पछिल्लो समय गैर कानूनी रुपमा अबैधानिक तत्वहरुले मुलधारका लोकप्रिय च्यानल तथा छापा माध्यमहरुको अनलाइन पोर्टलहरुमा क्षति पु¥याउने काममा गरिरहेको उल्लेख गर्दै यस विषयमा प्राविधिक समाधानका लागि मिडिया अलाइन्स र सम्बन्धित सञ्चार गृह तदारुकता पूर्वक लागिपरेको जनाइएको छ ।

यसका साथै, अलाइन्स मिडियाले यस विषयमा सम्बन्धित आधिकारिक संस्थाहरुको ध्यानाकर्षण गराउँदै गैर कानूनी रुपमा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक गर्ने कार्यमा संलग्न ब्यक्ति र संस्थाहरुलाई तत्काल छानविन तथा कारबाहीको लागि आग्रह पनि गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment