मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने

०८ बैशाख, जोमसोम । हिमाली जिल्ला मुस्ताङकोे मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ । वैशाख ८ गते बसेको कोभिड-१९संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)बैठकले ले मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम बढ्न सक्ने भएकाले मुक्तिनाथ मन्दिरसहित जिल्लाका मठ मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरु शनिवारदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिसस मुस्ताङ, जिल्ला अस्पताल जोमसोम, तीनवटा सुरक्षा निकायका प्रमुख र पत्रकार लगायत उपस्थिति भएको जिल्ला सीसीएमसीको बैठकले ४ बुँदे निर्णय गरेको हो ।

यस अघि चैत्र १२ गते बसेको डीसीसीएमसीको बैठकले मुस्ताङको ५ वटा स्थानीय तहमा क्वारेन्टीन र आइसोलेसन कक्ष उपलब्ध गराउने स्थानीय तहसँग समन्वय गरेको छ ।

नेपाल सरकारले कोभिड-१९ को माहामारी जोखिम नियन्त्रणको लागि जनस्वास्थ्यका मापदण्डहरु कार्यान्वयनमा ल्याएको छ । समितिले मुस्ताङमा टाढा-टाढाबाट दर्शनका लागि मुक्तिनाथ आएका तिर्थालुको समस्या र कोभिडको उच्च जोखिम हुने भएकाले शनिवारदेखि जिल्लाका सबै धार्मिक स्थलको औपचारिक कर्म बन्द गराएको हो ।

पछिल्लो समय नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिए पनि चैते दशैं औंशीदेखि रामनवमीसम्म करिव ५० हजार धार्मिक पर्यटक मुस्ताङ भित्रिएको अनुमान गरिएको छ । मुक्तिनाथमा भारत लगायत नेपालका विभिन्न जिल्लाबाट पर्यटक मुस्ताङ भित्रिएपछि मुस्ताङमा कोभिडको जोखिम बढेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment