अवैध रुपमा सुनको कारोबार गरेको अभियोगमा पक्राउ

०८ बैशाख, सुनसरी । अवैध रुपमा सुनको कारोबार गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-६ स्थित कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक सोही उपमहानगरपालिका-१६ घर भएका शेख राज घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अवैध तवरले सुन खरिद गरी बिक्री गर्न हिँडेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई १ सय ९५ ग्राम ४ सय ७० मिलिग्राम तौल भएको १ थान सुनको टिल, नगद १ लाख ५८ हजार रुपैयाँ र १ थान मोवाईल सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment