नेपालमाथि नेदरल्यान्ड्सको कीर्तिमानी जित

०७ बैशाख, काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्रिवि क्रिकेट मैदानमा बनेको सर्वाधिक २०७ रनको योगफल बचाउन नसक्दा ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले २०६ रनको विशाल योगफल तयार गरेको नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको नेदरल्यान्डका लागि बस दी लिडले ४१ बलमा ६ चौका ५ छक्कासहित ८१ रनको अविजित इनिङ खेले ।

त्यस्तै, बेन कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए । सम्हालिएर ब्याटिङ गरेको नेदरल्यान्ड्सविरुद्ध महंगा साबित भएका सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए ।

यसअघि, कुशल भूर्तेलको कीर्तिमानी अर्धशतकप्रेरित नेपालले ट्राई ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको थियो । ब्याटिङ रोजेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका कुशलले आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशतक बनाए ।

सिरिजमा जमेको ‌ओपनरद्वय आशिफ शेख र कुशलको साझेदारी सुरुआती दुई खेलमा जस्तो आज चल्न सकेको थिएन । शून्यमा अर्का ओपनर आशिफलाई गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले कुशलसँग ७८ रनको साझेदारी गरेका थिए ।

आशिफको कमी महसुस हुन नदिएका दीपेन्द्रले पनि ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए ।

यसअघिका दुई खेलमा (नेदरल्यान्ड्सँग ६१, मलेसियासँग ६१) अर्धशतक बनाएका कुशलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको इनिङ खेले । त्यस्तै, कुशल मल्लले ७ बलमा ३ छक्कासहित १८ तथा सोमपाल कामीले १३ रनको योगदान गरे ।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर पेभेलियन फर्केका थिए । विकेटकिपर ब्याट्सम्यान ७ र सोमपाल कामी २१ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि भिभियान किङ्मा र कप्तान पिटर सिलाले २/२ तथा बस दी लिड र आर्यन डटले १/१ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा पहिलो हार हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment