माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

अरु राजनीतिक दलहरुसँग छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको नेता श्रेष्ठको भनाइ

०६ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा अरु दलहरुसँग छलफल गर्नुपर्ने भएको र छलफलमा शीर्ष नेताहरु सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।

आज अरु दलहरुसँग बैठक बस्ने विषयमा सोधिएको प्रश्नमा भने नेता श्रेष्ठले समय तय भइनसकेको बताउनुभयो ।

उहाँले स्थायी कमिटीको बैठक भोलि बस्ने जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन गर्न अरु विपक्षी दलहरुसँगको छलफललाई निरन्तरता दिँदै आएको छ ।

हिजो मात्र अध्यक्ष प्रचण्डले दलहरुसँगको राजनीतिक वार्ता निकै सकारात्मक भएको भन्दै केहीदिनमा नै नयाँ समाचार दिने आश्वासन चितवनमा आयोजित कार्यक्रममा बताउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment