एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

०६ बैशाख, काठमाडौं । नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न एजेन्डामाथि छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो।

बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरुलाई आग्रह गरिएको छ। बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्ताव लगायतका विषयहरुमा छलफल हुने कार्यसूची तय भएको नेताहरुले जानकारी दिनु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment