अमेरिकी उपराष्ट्रपति कमला ह्‍यारिसलाई ज्यान मार्ने धम्की !

०४ बैशाख, एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई हत्या गर्ने धम्की दिने फ्लोरिडाकी एक नर्स पक्राउ परेकी छन् ।

ती नर्समाथि आपराधिक मुद्दा समेत दर्ता गरिएको अधिकारीहरुले बताएका छन् । निभिएन पेटिट फेल्प्सले धेरै पटक कम्प्युटर मार्फत् ह्यारिसमाथि धम्की दिएकी थिइन् ।

ती धम्की भिडियोको रुपमा आएका थिए । भिडियोमा फेल्प्सले भनेकी छन्, ‘कमला ह्यारिस तिमी मर्दैछौ । तिम्रो दिनगन्ती सुरु भइसक्यो । तिम्रो हत्या गर्न मलाई कसैले ५३ हजार डलर दिइसकेको छ । र म त्यो काम गर्न जाँदैछु ।’ मार्चमा नै पठाइएको उक्त भिडियोमा ती महिलाले कमलालाई ५० दिनभित्र ज्यान लिने धम्की दिएकी थिइन् ।

अनुसन्धानको क्रममा उनी मानसिक रुपमा बिरामी भएको हुनसक्ने बुझिएको छ । उनलाई काम गर्ने ठाउँबाट निकालिएको थियो । साथै पति १० वर्षदेखि जेलमा रहेको र धेरै चिज गुमाएकाले उनी निराश थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment