आजको खेलकुद गतिविधी

०५ बैशाख , काठमाडौं ।

सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई

नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन् । नेपालकी मनीषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भयो ।

गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन् । नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे ।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । आमन्त्रण गरिएका खेलाडीहरु नआउने भएपछि भृकुटिमण्डलाई तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।

नेक्सस र जीएचसीए विजयी

नेक्सस क्रिकेट एकेडेमी र जीएचसीए ‘बी’ ले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा शनिबार जित हात पारेका छन् ।

नेक्ससले आयोजक एन्जल्स हार्ट नेसनल ‘बी’ लाई ४ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको एन्जल्सले १६ ओभरमा ८ विकेट गुमाइ ८९ रनको योगफल खडा ग¥यो । सौगात न्यौपानेले २९ तथा स्वप्निल ऐरीले ८ रन जोडे । जवाफमा नेक्ससले १४.२ ओभरमा ६ विकेट क्षतिमा ९१ रन बनायो । देभास भुसालले १६ तथा जेस सराटले १४ रन बनाए ।

जीएचसीए ‘बी’ ले अर्को आयोजक एन्जल्स हार्ट माविलाई ९ विकेटले हरायो । एन्जल्सले १३ ओभरमा अलआउट हुनुअघि ५९ रन जोड्यो । सक्षम श्रेष्ठले १७ तथा अंकित खड्काले ८ रन जोडे । जीएचसीए ‘बी’ ले ५.२ ओभरमा १ विकेट गुमाउदै ६१ रन बनयो । गोकुल अधिकारीले ३३ तथा सार्थक विष्टले १२ रन जोडे ।

सुष्माको जित

पोल्याण्डमा भईरहेको AIBA Youth Men’s and Women’s World Boxing championships 2021 अन्तर्गत आजभएको प्रिलिमिनरी बक्सिङ्ग बाउटमा लाईट फ्याइ वैट वैट ४८ केजी तौल समुहमा नेपालकी शुस्मा तामाङ्गले लिथुआनिया ,किब जाल्याते डिजा लाई तेस्रो राउण्डमा आरएससी को आधारमा पराजितगर्दै क्वार्टर फाईनलको यात्रा तय गरेकि छिन् ।

पहिलो राउण्ड देखि नै निकै आक्रमक रुपमाविपक्षि खेलाडि माथि आफ्नो प्रभाव देखाउन सफल शुस्माले दोस्रो राउण्डमा अझै उत्कृष्ठ खेल देखाएकी थिईन भने तेस्रो राउण्डमा उनको कडा प्रहारले लुथियाना किबक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गरी सुस्मालाई आर एस सी को आधारमा विजयी घोषित गरेकाथिए । अब उनको अर्को भिडन्त आयोजक पोल्याण्डकी खेलाडि Kuczewska Natalia Dominlka संग प्रतिष्पर्धा हुनेछ । उक्त भिडन्त जितेमा नेपालले आईबायुथ वल्र्ड बक्सिङ्गच्याम्पियनशिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ ।

हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु

नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनसीप शनीबार सुरु भयो । गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा विशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज लीलबहादुर थापाको पनि उपस्थिती थियो ।

सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल सितेरियो कराते संघका प्रवक्त इश्वर खपांगी, नेपाल रग्वी संघका महासचिव चेतन राज गीरी, राष्ट्रिय खेलकुद परिषद्को कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय टिम तयारी समितीका संयोजक महेन्द्र राई लगायतको उपस्थिती थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै गृहमन्त्री बादलले हाप्किडो एसोसीएसनको सक्रियताको सहना गर्दै प्रतियोगिताको सफलताको कामना गरे । यसैगरी, बिशिष्ट अतिथी मन्त्री तामाङले हाप्किडोको विकासमा आफू लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे । सदस्य सचिव सिलवालले हाप्किडोको विकासमा आफ्नो सहयोग रहने वताए । विशिष्ट अतिथी थापाले नेपाली खेलकुदमा हाप्किडो प्रभावशाली खेलको रुपमा स्थापीत हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमका सभापती नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलले नेपालको स्वास्थ्य, शैक्षिक, राजनीतीक, सामाजीक, र आर्थिक विकासमा सहयोग गरेको वताए । साथै, उनले गरीबीका कारण शिक्षा र खेलकुदबाट टाढा रहेकालाई पनि हाप्किडोले सहयोग गरिरहेको वताए । कार्यक्रम एसोसीएसनका महासचिव सुवर्ण बीसीले सञ्चालन गरेका थिए । एसोसीएसनका बाग्मती प्रदेश अध्यक्ष जिवन थापा मगरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । लैनचौरमा सञ्चालित तिन दिने प्रतियोगितामा ७ प्रदेशका ७०० खेलाडीको सहभागिता रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment