‘‘हामीले आज वन अफ द बेस्ट खेल खेल्यौँ”, नेदरल्यान्ड्सको टिम कमजोर हाेईन – कप्तान मल्ल

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित


०५ वैशाख, काठमाडौं । नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्यान्ड्सको टिम कमजोर नभएको बताएका छन् । शनिबार त्रिकोणात्मक टि–ट्वान्टी आईमा नेदरल्यान्ड्सलाई पराजित गरेपछिको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै कप्तान मल्लले विपक्ष टोली कमजोर नभएको बताएका हुन् ।

उनले नेदरल्यान्ड्सविरुद्ध नेपाली खेलाडीले उत्कृष्ट खेल प्रस्तुत गरेको दाबी गरे । कप्तान मल्लले नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीको खेल उत्कृष्टमध्येको एक भएको बताए ।

“१५/२० वर्षदेखि ओडीआई खेल्दै आएको नेदरल्यान्ड्स टीम एक किसिमको लयमा अगाडि बढेको छ,” उनले भने ‘‘नयाँ खेलाडी र क्राउडले अलि सर्घष गर्नुपर्‍यो होला । यसको मतलब उनीहरु कमजोर हो मलाई लाग्दैन ।’’

शनिबार सम्पन्न प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्‍यो । टी–२० आईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा नेपालले सजिलै नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

‘‘हामीले आज वन अफ द बेस्ट क्रिकेट खेल्यौँ । सुरुवातमा अलि पिचमा के नमिलेजस्तो भइरहेको थियो । फिल्डिङमा पनि धेरै गल्ती गरिरहेका थियौँ । तर पनि जसरी बलरहरुले कम ब्याक गरे, नेदरल्यान्ड्स दबाबमा आयो,’’ कप्तान मल्लले भने ।
कुशल र आसिफको डेब्यु प्रदर्शनबाट कप्तान मल्ल खुसी भएको बताए । उनले नयाँ खेलाडीलाई अवसर दिए उनीहरुले आफुलाई प्रमाणित गर्न सक्ने धारणा राखे ।

मल्ले भने, ‘‘यसरी नै नयाँ खेलाडी टिममा आएर अवसर दिनुपर्यो । उनीहरुले खेलमा प्रदर्शन मात्रै गर्दैनन् । खेल जिताउन पनि सक्छन् भन्ने कुरा आज प्रमाणित गरे ।’’

पूर्वकप्तान पारस खड्कालाई नै ओपनरको रुपमा ल्याउने योजना भए पनि अभ्यासका क्रममा घाइते भएपछि योजना परिवर्तन गरेको उनले सुनाए । पारस घाइते भएपछि कमसल र आसिफलाई ओपनरको रुपमा तयार पारेको कप्तान मल्लले जानकारी दिए ।

‘‘पारस घाइते भइसकेपछि हामीले ओपनर परिवर्तन गरेका हौँ । दुईजनालाई ओपनिङ गर्न दिने मौका दियौँ । जुन योजना राम्रो सावित पनि भएको छ,” उनले भने ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले नेपालको प्रर्दशन नियमित भन्दा फरक भएको बताए । उनले नेपालको आजको प्रदर्शन नेदरल्यान्ड्सभन्दा सँयौ गुणा राम्रो रहेको व्याख्या गरे । ‘‘नेपालले सधैं खेल्नभन्दा आजको खेल धेरै फरक थियो । आज नेपालले साँच्चै हामीभन्दा सय गुणा राम्रो खेल्यो ।’’ उनले भने, ‘‘हामीलाई नेपालले राम्रो पाठ सिकाएको छ । यो प्रतियोगिता हो, त्यसैले फाइनल अघि यो पाठले सहयोग गर्ने छ ।’’

नेपाली समर्थकले क्रिकेटलाई निकै माया गरेको पाएको कप्तान पिटरले बताए । उनले आफ्नो घरेलु मैदानमा दर्शकको संख्या कम हुने बताउँदै नेपाली समर्थकले मन जितेको बताए ।

उनले आफ्नो प्रर्दशनले नेपाली दर्शकसामु आफैँलाई लज्जित बनाएको बताए । उनले भने, ‘‘आजको प्रदर्शनले दर्शकसामु अलि लज्जित पनि बनायो । हामीले स्तरीय क्रिकेट देखाउन पाएनौं, समर्थकलाई खराब खेल पस्कियौँ । उनीहरूले नेपालको खेलको मात्र मज्जा लिए ।’’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment