काेराेनाका ८३६ नयाँ सङ्क्रमित, २०८ सङ्क्रमित निको

०३ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसका ८३६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ८१२ जना निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले चार ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।

हाल पाँच हजार आठजना आइसोलेशनमा र ७७ जना क्वारेन्टिनमा छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment