लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा

०३ बैशाख, काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको बैशाख २ गते बिहीबार बसेको सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

यसर्थ, कम्पनीले ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, सोही रकम नगदमा खर्च हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment