हावाहुरीमा कारण बिहीबार राति नागार्जुन जङ्गलमा लागेको आगो नियन्त्रणमा

०३ बैशाख, काठमाडौं । काठमाडौंको नागार्जुन जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार राति चलेको हावाहुरीका कारण विजुलीको तार सर्ट भएर जङ्गलमा आगलागी भएको थियो । 

आगलागी सुरु भए लगत्तै नेपाली सेनाले नियन्त्रणको प्रयास गरेको थियो । करिब ४५ मिनेटसम्म सेनाले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

बालाजु हाइटको टौडल क्षेत्रमा पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको हो ।

यसअघि गत आइतबार पनि नागार्जुन जङ्गलमा आगलागी भएको थियो ।

बिहीबार साँझ काठमाडौंमा हावाहुरी चलेको थियो । यस्तै, केही ठाउँमा हल्का वर्षा समेत भएको थियो । पछिल्लो समय देशका विभिन्न ठाउँमा आगलागी भइहरको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment