काठमाडौँमा हावाहुरी प्री मनसुनको संकेत

०३ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिले तीव्र वेगको हावाहुरी चलिरहेको छ ।

झण्ड आधाघण्टादेखि जारी हावाहुण्डरी क्रमश: मत्थर हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो हावाहुरी काठमाडौँ उपत्यकामात्र नभइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

उनले भनिन्, ‘यो प्री मनसुनको संकेत हो । अब केहीबेरसम्म यस्तै हावाहुरी चल्ने र क्रमश: मत्थर हुँदै जाने देखिन्छ । हावाहुरी चलेका ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment