जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


०२ बैशाख, काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment