नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा

०२ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment