जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने

३० चैत, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ लाख २२ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment