शिवपुरीकाे आगलागी नियन्त्रण गर्न हेलिकाेप्टरबाट पानी हालियाे, आगलागी नियन्त्रणमा

२९ चैत, काठमाडौं । काठमाडौंकाे शिवपुरी जङ्गलमा भएकाे आगलागी नियन्त्रण गर्न हेलिकाेप्टरबाट पानी हालिएकाे छ । । आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकाेप्टरकाे सहायता लिइएकाे हाे ।

प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन । आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

सिम्रिक एयरलाइन्सले पानी हालेकाे प्रहारी प्रभाग बूढानीलकण्ठले गोरखाापत्र अनलाइनलाई जानकारी दिएकाे छ । यसैगरी दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । चार सय मिटरको डाएमिटरको हाराहारीमा आगलागी भएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment