कुलो भत्कदा रेन्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्रको माछाहरु मरेर करोडौको नोक्सानी

२९ चैत, सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिका २ गणेश बगर स्थित तामाङ्ग रेन्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्रको माछा पालन तथा उत्पादन पोखरीमा कुलो भत्कदा करोडौको क्षति भएको छ ।

उक्त अनुसान्धान केन्द्रमा रातको समयमा करिब १ बजे तीर कुलो भत्कदा पानिको मात्रा र चाल कम भएर माछाहरु मरेका हो । साथै त्यहा भएका कतिपय माछाहरु बिक्री गर्ने अबस्थाका रहेका थिए ।

यस केन्द्रमा ३५ हजार भुरा माछा पोखरीमा हालेको थियो । जसमध्ये बेच्नको लागी तयार रहेको ७ हजार भुरा माछाहरु मरेको सञ्चालक कामी तामाङ्गले बताउनुभयो ।

उक्त अनुसान्धान केन्द्रमा रहेका करिव एक करोड मूल्य बराबरको माछाहरु क्षति भएको हेलम्बु गाउँपालिकाका पशु सेवा शाखाका राजु दंगालले डिजिटल खबरलाई जनाकारी गराउनु भयो ।

रेन्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्र चार जना व्यवसायीहरुले सञ्चालन गर्दै आएका थिए । यस केन्द्रमा कामी तामाङ्ग, दमाई तामाङ्ग, म्यङदोङ तामाङ्ग, बिजय तामाङ्ग मिलेर साझेदारीमा सन्चालिक रहेका छन् ।

उक्त माछा तथा अनुसन्धान केन्द्रका माछाका भुराहरु उत्पादन गरी बिक्रि बितरण गरिदै आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment