२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

२७ चैत, काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास साझेदारी प्रतिवेदन–२०२०’ अनुसार गत आवमा २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त भएको थियो जुन अघिल्लो आवको भन्दा २१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड डलर वैदेशिक विकास सहायता आएको थियो ।

नेपाललाई प्राप्त हुने वैदेशिक सहायतामा ठूलो दातृ निकायका रूपमा एडीबी (एसियाली विकास बैंक) देखिएको छ । नेपालले पाएको कुल २ अर्ब ३० लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ ।

अर्थमन्त्रालयका अनुसार नेपाललाई प्राप्त सहयोगमध्ये विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको ६ प्रतिशत र चीन, भारत तथा बेलायतको समान ५÷५ प्रतिशत योगदान छ । यो खबर आजको राजधानी दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment