राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री बिच भेटघाट

२६ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ ।

अध्यक्ष तिमिल्सिनासहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य लगायत हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment