नेपाली मुद्रा साढे ४ महीनायताकै कमजोर

२६ चैत, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार (आज) भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ रुपैयाँ ५९ पैसामा खुल्दै छ, जुन पछिल्लो साढे ४ महीनायताकै महँगो हो ।

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा तोक्दै छ । यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको हो । नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपयासँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment