रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपछिबन्द गर्न आग्रह गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्ल.घन बढेको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ ।

जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment