‘नेशनल पेमेन्ट स्वीच’को पहिलो चरण : अन्तरवालेट कारोबारलाई जोड्ने तयारी

२५ चैत, काठमाडौं । नेशनल पेमेन्ट स्वीच (राष्ट्रिय भुक्तानी स्वीच) बाट पहिलो चरणमा अन्तरवालेट कारोबारलाई जोड्ने तयारी भएको छ ।

हाल ग्राहकले एउटा वालेटबाट अर्को वालेटमा सीधै कारोबार गर्न नसक्ने भएकाले यसलाई प्रत्यक्ष जोड्न अन्तर वालेट कारोबार गर्न लागेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बताएको छ । यसबाट जुनसुकै वालेटबाट देशभित्र दोहोरो भुक्तानी गर्न मिल्नेछ ।

केन्द्रीय बैंकले स्वीच स्थापना गर्न एनसीएचएललाई जिम्मा दिएपछि विभिन्न चरणमा प्राविधिक तथा वित्तीय विश्लेषण गरिसकेको छ । पहिलो चरणमा भुक्तानी स्वीचले क्यूआर कोड (क्वीक रेस्पोन्स), वालेट, कनेक्ट आईपीएसजस्ता ननकार्ड सेक्सनका डिजिटल भुक्तानीका लागि अन्तरकारोबारमा जोड्ने गरी काम गरिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment