इतिहास निमार्णमा दोस्रो पटक केन्द्रिय अध्यक्षमा महिलाको उम्मेदवारी निर्मला शर्मा

२४ चैत, काठमाडौँ । देशभर पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । महासंघको नेतृत्वका लागि वरिष्ठ पत्रकार निर्मला शर्माको व्यवसायीक प्यानल प्रतिस्पर्धामा उत्रिएको छ भने बिपुल पोखरेल नेतृत्वको अर्को टिमपनि प्रतिस्पर्धामा छ ।

महासंघको ६५ बर्षको इतिहासमा दोस्रो पटक केन्द्रिय अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । वरिष्ठ पत्रकार शर्मा दोस्रो महिला सभापतिको उम्मेदवारको रुपमा देखिनु नै इतिहास निमार्ण तर्फको आरम्भ हो ।

पत्रकार निर्मला शर्मा २५ बर्षदेखि  व्यवसायीक पत्रकारितामा हुनुहुन्छ । विभिन्न सञ्चारगृहमा काम गदै आउनुभएकी शर्मा महिला पत्रकारहरुको संगठन सञ्चारिका समुहको अध्यक्ष समेत रहेर श्रमजीवि महिला पत्रकारको सवालमा आवाज उठाउँदै आउनुभएको छ । पत्रकारको हकहितका लागि उहाँले गदै आउनुभएको कामबाट नै उहाँको नेतृत्वको प्रभावकारीता देखाउँछ । उनै शर्मा अहिले देशभरका करिब १३ हजार पत्रकारको नेतृत्वका निम्ती आफ्ना व्यवसायीक अडानहरु राख्दै मैदानमा उत्रिनु भएको छ । 

पत्रकार महासंघको नेतृत्वका लागि बिभिन्न विचारसँग निकट भएका पत्रकार र उनीहरुका संगठन आफ्ना एजेन्डा सहित प्रतिस्पर्धामा उत्रिनु स्वभाविक नै हो । यसअघि पनि प्रेस चौतारी, प्रेस यूनियन, प्रेस संगठन लगायतका  विभिन्न पत्रकार संगठनहरु कहिले गठबन्धन बनाएर त कहिले एकल प्रतिस्पर्धामा उत्रिएकै हुन् ।

तर यस पटकको निर्वाचन निकै फरक छ किनभने महासंघको सभापतिका निम्ती प्रेस चौतारी लगायत ९ वटा संगठनको साझा उम्मेदवारको रुपमा निर्मला शर्मा देखिनुभएको छ । अर्को प्रेस युनियन सहित केही संगठनको उम्मेदवारको रुपमा विपुल पोखरेल शर्माको प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ । महासंघले  महिला सभापति उम्मेदवार पाउनु आफैमा एउटा शुभ संकेत हो । त्यसमा पनि आफ्नै मेहनत र परिश्रमले टे«नि पत्रकारदेखि वरिष्ठ पत्रकारसम्मको हैसियत बनाउनु भएकी शर्मालाई सभापतिको उम्मेदवार पाउनुले अर्को सकारात्मक संकेत गर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment