कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीद्वारा सामूहिक राजीना

२४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको हाे ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र   राप्रपाका १ जना सांसद रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment