नेपाल आयो नयाँ ब्राण्डको दुई मोटरसाइकल

२४ चैत, काठमाडौँ । ‘कि वे’ ब्राण्डका मोटरसाइल नेपाल आएको छ । कि वे इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको सिस्टर कम्पनी हो । यसलाई बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले नै नेपाल ल्याएको हो ।

कम्पनीले यसको आधिकारिक विक्री बुधबारबाट सुरु गर्ने जनाएको छ । यसको विक्री पनि बेनेलीकै शोरुमबाट हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कि वेका दुई मोडल आफ्नो शोरुममा राखेको छ । सुरुमा कि वेका स्ट्रीट र क्रुजर मोडल नेपाल आएको हो । केटीएम इन्टरनेशनलले २०० र २५० सीसी क्षमताका मोटरसाइकल नेपाल ल्याएको छ । यी दुई मोडलको नाम ‘के लाइट २०० र पाटागोनियन २५०’ रहेको छ ।

के लाइट २०० मा १९७ सीसी सिंगल सिलिन्डर, एयर/लिक्वीड कुल्ड, फोर स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १२.७ बीएच पावर तथा १३.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment