आजको खेलकुद गतिविधी

२३ चैत, काठमाडौं ।

यु–१२ टीटी भोलि
काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय यु–१२ टेबलटेनिस प्रतियोगिता सोमबार हुने भएको छ ।

विश्व टेबलटेनिस दिवसका अवसरमा हुन लागेको एक दिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । छात्र÷छात्रामा सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

महिला आत्मरक्षा तालिम सम्पन्न
नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ । ‘महिला हिंसा विरुद्ध मुवाँथाई’ भन्ने नारासहित आयोजित तालिममा २५ जना सहभागी थिए ।

साताव्यापी तालिम दक्षिणकाली नगरपालिका, वडा १, चाल्नाखेलस्थित एसियाली तारा पुञ्जमा भएको तालिममा आयोजक संघका अध्यक्ष समेत रहेका मुवाँथाईका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति, सरोज थापा मगर, सञ्जय राई, भोलाकुमार राई र दीपा शाहीले प्रशिक्षण दिएका थिए ।

सहभागीलाई दक्षिणकाली नगरपालिकाकी मेयर बसन्ती डंगोल र वडा १ का अध्यक्ष जय थापा मगरले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment