काठमाडौँ उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने

२३ चैत, काठमाडाैँ । काठमाडौँ प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौँ जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए ।

यस्तै, विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई मास्क लगाउनेदेखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालयमार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताए ।

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको पराजुलीले बताए ।

पछिल्लाे समय छिमेकी देशसँगै काठमाडाैँमा काेराेना संक्रमण बढेसँगै याे व्यवस्था गरिएकाे प्रजिअ पराजुलीले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment