बुद्धिचाल प्रतियोगिताकाे अग्रस्थानमा रिजेन्द्र, कृष्ण र मिलन

२३ चैत, ललितपुर । आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको तेश्रो दिन चौथौं र पाँचौं चरणका खेल सम्पन्न भएका छन्। जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी, सुन्दर साकोस हेटौडाका कृष्ण थापा र दोलखाका मिलन लामा समान १३ अंकका साथ अग्रता लिएका छन्।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा रिजेन्द्रले चौथौं चरणमा दोलखाका सुमित पन्तलाई निराश पारे भने पाँचौंमा कृष्ण थापासित बराबरी खेले। त्यस्तै कृष्णले चौथौंमा करुणामय साकोसका पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए।

मिलनले चौथौंमा सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ र पाँचौमा सिलुलाइट साकोस लुभुका सुरोज महर्जनमाथि विजयी भएका थिए।

त्यसैगरी दोलखाका सुमित पन्त, अर्थ बहुउदेशीय सहकारी ललितपुरका फिडेमास्टर मनिष हमाल र स्वागतम साकोस ललितपुरका युवराज पौडेलले समान १२ अंक प्राप्त गरेका छन्।

स्वीस लिग ९ चरणको खेल हुने प्रतियोगितामा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, नोभा साकोस ललितपुरका सुदिप तामाङ, दमकका राजन सुवेदी र दोलखाका सुमित पन्तले समान ११ अंकका साथ तेश्रो स्थानमा छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment