नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

२२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुबेतका अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी दिइएको छ। उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए।

विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो । यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए। उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए।

उनीसँग साउदी कतार,किर्गिस्तान,अरेबिया र कुवेतका विभिन्न टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ। आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि अब्दुल्लाहले नेपाली टिमको नेतृत्व गर्नेछन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment