क्लासिक लिजेन्ड्सको जावा बाइक

लक्ष्मण फुयाल

२२ चैत, काठमाडौ। बजारमा चलेका बाइकको नाम मध्ये छोटो समयममा सबै माझ परिचित गराउन सफल बाइक हो क्लासिक लिजेन्ड्सको जावा बाइक । अहिले बजारमा जावा बाइकको नाम तथा पहिचान सबैमा बढिरहेको छ । जावा बाइक युरोपीयन देश चेकेस्लोभाकियामा सन् १९२९ मा स्थापना भएको कम्पनी हो । नेपालमा भने जावा बाइक भारतबाट भित्रने गरेको छ ।

यो कम्पनीको बाइक भारतमा पनि उल्लेख रुपमा रुचाइएको छ । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरकका रुपमा नेपालमा महिन्द्रा टु ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा कम्पनीले बिक्री गरिरहेको छ ।

नेपालमा जावा बाइक लन्च भएको अहिले करिव सात महिना भयो । जावाको बाइक नेपालमा अग्नि मोटो इंकको सबै शाखा र डिलरबाट किन्न सकिने छ। काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाबाट सेवाहरु लिन सकिन्छ ।

नेपालमा अग्नि मोटोइंक प्रालिको सेल्स डिपार्टमेन्टका सन्देश पौडेलका अनुसार बजारमा जावाको बाइकको सेल्स ६० प्रतिसत सम्म विक्री भएको बताउछन् ।

जावा बाइकको फिचर

जावा बाइकमा अहिले बजारमा जावा क्लासिक, जावा फोर्टी टु (४२), जावा पेराक गरी तिन किसिमको मोडलमा पाउन सकिन्छ । जावा पेराक एक किसिमको मात्रै पाइन्छ भने यसमा कलर तथा एबीयसमा एकै किसीको रहेको छ । जावा क्लासीक तथा जावा फोर्टी टु (४२) मा फरक फरक रुपमा रङ्ग पाउन सकिन्छ । यी दुई बाइकको मोडलमा एबीयसमा सिङ्गल च्यानल तथा डब्वल च्यानलका रुपमा पाउन सकिने अग्नि मोटोइंक प्रालिको सेल्स डिपार्टमेन्टका पौडेलले बताए ।

जावा क्लासिकमा तिन रङ्ग जावा ब्ल्याक, मरुन र ग्रे कलरमा उपलब्ध छ। भने जावा फोर्टी टु मा ६ रंगका भेरिएन्टहरुमा ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुलाब्लु कलरमा पाउन सकिन्छ ।

जावा क्लासिक तथा जावा जावा फोर्टीटु ३०० सीसी रहेको छ भने जावा पेराक ३३४ सीसी रहेको छ । जावा २९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङ सँगको सहकार्यबाट निर्मित छ । यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा फ्ल्याट टर्क कर्भ रहेको छ ।

पेराकमा ३३४ सीसी इन्जिनयुक्त मोटरसाइकलमा सिंगल सिलिण्डर, लिक्विड कुल्ड डओएचसी समावेश गरिएको हो भने । यो मोटरसाइकलमा ३० हर्सपावर र ३२ न्यूटन मिटर टर्क पावर क्षमता रहेको छ । जावा र जावा-४२ लगायत दुई मोडलको तुलनामा यो मोटरसाइकल थप शक्तिशाली रहेको कम्पनीले जनाएको छ।

जावा बाइकको मूल्य

जावा बाइकमा जावा क्लसिकको मूल्य जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ छ । यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरि कम्पनीले जावा फोर्टी टु भरियन्ट पनि बजारमा ल्याएको छ । जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार र ६ लाख ४८ हजार रुपैयाँ रहेको साथै जावाको पेराक ब्बरको मूल्य ७ लाख ५० हजार रुपैयाँ सम्म पर्ने अग्नि मोटोइंक प्रालिकी सेल्स डिपार्टमेन्टको इन्चार्च कविना शाही श्रेष्ठले जानकारी दिइन् ।

अन्य बाइक भन्दा जावा भिन्न

अरु बाइकहरुको तुलनामा मोडल क्लासिक रहेको छ । पेराक बब्बर मोडलको रुपमा रहेको छ । यिनीहरुमा एडभान्स टेक्नोलोजी प्रयोग गरिएको कारण यो अन्य भन्दा फरक रहेको अग्नि मोटो इंक प्रालिका सेल्स डिपार्टमेन्ट पौडेल जानकारी दिनुभयो ।

क्लासिक मोडल भैकन यसमा प्रयोग गरिएको एबीयस सिस्टम, रेडियटर, एफ आर सिस्टम लगायत यसलाइ अझै एडभान्स टेक्नोलोजीको कारण पनि यो अन्य भन्दा फरक रहेको छ । यसको माइलेज रुपमा कम्पनीको अनुसार यसमा चलाउने अवस्थामा पनि भर पर्ने कम्पनीका अनुसार ३० देखी ३२ किमीसम्म तथा हाइवेमा ३५ देखी ४० किमी सम्मको माइलेज रहेको छ ।

जावा कम्पनीको बाइकमा विशेष रुपमा सवै उमेर समूहका व्यत्तिहरुले रुचाएका छन् यसमा विशेष रुपमा १७ वर्ष देखी ५० वर्ष सम्मका मानिहरुले प्रयोग गर्दै आएको छ । विशेष रुपमा प्रयोग कर्ताको रुपमा २३ वर्ष भाथिले बढि प्रयोग गरेको छन् ।

जावा बाइक सवै उमेर समूहलाई प्रयोग गर्न सकिने जसमा ट्रावल गर्ने, अफिसको लागि तथा युवाहरुलाइ पावर युज गर्न तथा जसलाई जस्तो सुकै उमेरमा फिट हुने उनले बताए ।

सेल्स सर्भिस तथा वारेन्टी

जावा बाइक सर्भिसको रुपमा नेपालको मूख्य सोरुम तथा सर्भिस सेन्टर मार्फत सेवा लिने सकिने छ । ग्राहकहरुलाइ सेवा आफ्नै सर्भिस सेन्टरबाटै सेवा दिइन्छ । काठमाडौैको लागि सामाखुसी बाट सेवा दिदै आएको छ ।

नेपालमा अहिले सम्म १० ओटा सोरुम स्थापना भैसकेको अग्नि मोटो इंक प्रालि सेल्स डिपार्टमेन्टका सन्देस पौडेले भने । ग्राहकको बाइक प्रति राम्रै रेसपोन्स आएको र साना तिन समस्या आइहालेमा यसलाई समाधान गरिहाल्ने उनले बताए ।

जावा बाइको सभिसिशङको कुरा गर्दा यो प्रयोग गरेको १ हजार किलो मिटर पछि पहिलो सर्भिसीङ गर्नु पर्ने हुन्छ । दोस्रो सर्भिसीङको लागि ६ हजार किलोमिटरमा वा ६ महिना भित्र सर्भसिङ गर्नु पर्ने अग्नि मोटो इंक प्रालिकी सेल्स डिपार्टमेन्टकी इन्चार्ज केविना शाही श्रेष्ठले जानकारी दिइन्। साथै उनको अनुसार जावाको बाइको इन्जीनमाा २ वर्षको वारेन्टी तथा २४ हजार किमी सम्म वारेन्टी रहेको छ । भने यसको प्रयोग हुने ब्याट्रीमा १ वर्षको वारेन्ट्री रहेको छ ।

यो पनि पढ्नुहोस:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी