प्रचण्डको खुलासा : फासिवादतर्फ काे संकेत

२१ चैत, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा रहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरूमाथि प्रहार हुन थालेको र वर्तमान सरकार, अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको पनि बताउनुभयो ।

स्व. नेता माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले देशभित्र र बाहिरका शक्ति र संवैधानिक निकायहरू समेतको संलग्नतामा नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ गरी नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जातीय, भाषिक, वर्गिय, उन्मुक्तितिर अगाडि बढेको र कम्युनिष्ट र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीमाथि प्रहार हुन लागेको अवस्था छ । कम्युनिष्टहरूको एकता र उनीहरूप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको छ । अहिलेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैँमा ठूलो विडम्बना भएको छ ।’

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले सडक विस्तारको नाममा सडक नजिकै भएका घरहरू भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको पनि बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment