क्रिकेटका तीन नियममा परिवर्तन

२१ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट खेलका तीन नियम परिवर्तन गरेको छ ।

आईसीसीले विकेट जोनको उचाँइ बढाएर स्टम्पभन्दा माथीसम्म पुर्‍याउने निर्णय गरेको छ । यो निर्णयसँगै अब एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ ।

त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । खेलाडीले अम्पायरसँग ब्याट्सम्यानको बल खेल्ने प्रयास ठिक भए नभएको बुझ्न पाउँनेछन् ।

आईसीसीले परिवर्तन गरेको तेस्रो नियममा थर्ड अम्पायरले खेलको कुनै पनि सटलाई जाँच गर्दै आफ्नो निर्णय लिन सक्ने छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment