प्रधान्यायाधीशको पिएसओ बनेर दियोपोस्टलाई धम्की दिने मिरा खड्काको पिएसओ भएकाे खुलासा (अडियोसहित)

१९ चैत्त, काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको पिएसओ हुँ भन्दै दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई हत्कडी लगाउने धम्की दिने व्यक्तिको तस्विर फेला परेको छ ।

भिडियाे स्राेतः दियाेपाेष्टबाट साभार


समाचार नलेख्न भन्दै धम्की दिने व्यक्ति सर्वोच्च अदालतकै तेस्रो बरियतामा रहेकी बरिष्ठ न्यायाधीश मिरा खड्काको पिएसओ असई बुद्धि बहादुर स्याङतेन रहेको पाइएको छ । आफूलाई जबराको पिएसओ बताउने ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लु घर भएका बुद्धि स्याङ्तान जबराको पिएसओ भने नभएको पाइएको हो ।

जिल्ला मालपोत कार्यालयका कर्मचारी गुरु भट्टको मोबाइल नम्बरबाट दियोपोस्टको प्रधानसम्पादक सुदिप विश्वकर्माको नम्बरमा फोन गरेर स्याङ्तानले आफू प्रधानन्यायाधीश जबराको पिएसओ भएको र आफू हतकडी लिएर दियोपोस्टको कार्यालयमा आउने बताएका थिए ।

दियोपोस्टले कोन्ज्योसोम गाउँपालिका ४ का वडाध्यक्ष तिर्थ बहादुर घलानको मिलेमतोमा ७० वर्षिय विरे भनिने विरबहादुर स्याङतानको ३ रोपनी २ आना जग्गा जग्गाधनीलाई थाहा नै नदिई अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएको विषयमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि हतारहतार नल्लुस्थित जग्गा नामसारी पाउने गिरोहलाई भेट्न पुगेका जिल्ला मालपोत कार्यालय ललितपुरका कर्मचारी गुरु भट्टले आफ्नो मोबाइल नम्बर ९८४१२७५४२७ बाट दियोपोस्टको प्रधानसम्पादक विश्वकर्माको नम्बरमा फोन गरेका थिए ।

‘तपाईंलाई कसले भन्यो । यहाँ सबै जनाले होइन भनिरहेका छन् । ल जग्गाधनीसँग फोन गर्नुस्’ भन्दै उनले प्रधानन्यायाधीशका पिएसओ बताउने स्याङ्तानलाई फोन दिएका थिए । ‘म नल्लुको बासिन्दा हुँ । म यो जग्गाको धनी हुँ । तपाईंलाई मिडियामा खबर दिने को मान्छे हो ? त्यो भन्नुपर्यो । मिडियाले जे पायो त्यही छाप्न पाइन्छ ? यो के मिडिया हो ? तपाईंले मलाई चिन्नु हुन्छ होला । मेरो परिचय तपाईंलाई बताउनु पर्यो,’ स्याङ्तानले धम्की दिँदै भनेका थिए,‘तपाईंलाई म हत्कडी लिएर आउँ भोली ? तपाईंले जे पायो त्यही छाप्न पाइन्छ ? म पुलिस हो । म प्रधानन्यायाधीशको पिएसओ हो । भोली म हतकडी लिएर आउँछु ।

तपाईंको ठेगाना कहाँ हो ?’
उनले पटक पटक समाचार कसले दियो भन्दै धम्की दिएका थिए । ‘यो न्युज कसले दियो । हामी यहाँ सल्लाहा गर्दैछौँ । तपाईंले न्युज नछाप्नुस्,’ उनले धम्कीपूर्वक भनेका छन्,‘यो अफिस कहाँ हो । म भोली आउँछु ।’

उनले विहिबार विहानै दियोपोस्टको सम्पर्क नम्बरमा फोन गरेर आफ्नो विषयमा समाचार कसले दिएको भन्दै पटक पटक समाचारको स्रोत पत्ता लगाउने प्रयास समेत गरेका छन् ।


‘हामी यता मिलाउने कोशिस गर्दा गर्दै समाचार छाप्न पाइँदैन,’ स्याङ्तानले भने,‘समाचार कसले दियो भनिदिनुस् ।’ स्राेतः दियाेपाेष्टबाट साभार



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment