नेपाल खेलकुद पत्रकार मञ्चको आफ्नै एकेडेमी संचालनमा

१९ चैत, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आफ्नै एकेडेमी औपचारिक रुपमा संचालनमा आएको छ ।

एनएसजेएफले बुधबार एक कार्यक्रम आयोजना गर्दै एकेडेमी औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

नेपाली खेलकुद विकास र विस्तारको क्षेत्रमा कलम चलाउने राज्यको चौथो अङ्ग खेलकुद पत्रकारलाई थप दक्ष बनाउने उदेश्यसहित एकेडेमी संचालनमा ल्याइएको हो ।

एकेडेमीले दक्ष खेलकुद पत्रकार उत्पादनका लागि विशेषगरी तीन वटा क्षेत्रमा केन्द्रित रहेर काम काम गर्ने बताइएको छ ।

जस अन्तर्गत जसमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई खेलकुदका गतिविधि संचालन गर्दै आएका खेलकुद संघहरुसँग सहकार्यगरी सम्बन्धीत खेल संघ र खेलमा आधारित रहेर तालिमहरु संचालन गर्ने रहेको छ ।

यस्तै खेलकुद पत्रकारितालाई थप अनुसन्धनात्मक बनाउन ३० जना खेल पत्रकारहरुलाई समावेश गरि समिति गठन गर्ने जनाएको छ । गठित समितिका पत्रकारलाई नेपाली खेलसम्बन्धी खोजमूलक लेख लेख्न पे्ररित गर्ने काम गर्ने बताइएको छ ।

यसैगरी दक्ष खेलकुद पत्रकार उत्पादन कार्यलाई केन्द्रमा मात्र भन्दा पनि सात वटै प्रदेशमा विस्तार गर्ने कामकालागि एकेडेमीले पहलकदमी भूमिका निर्वाह गर्ने योजना लिएको छ ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङको प्रमुख आतित्थ्यता रहेको उक्त कार्यक्रममा राखेपका सदस्य सचिव रमेश सिलवाल, मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment